काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढा मगर, उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताएका छन् ।
अध्यक्ष दाहालले मृतक तीनै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छ : प्रचण्ड
माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : प्रचण्ड