काठमाडौं । नेपाल प्रहरीमा २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि जागिर खुलेको छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमर/अशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासी/जनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ।
स्नातक वा सोसरह उत्तीर्णले २० वर्ष पुगेको र २५ वर्ष ननाघेको भए आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ । तर प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।
यस्तै असईतर्फ खुलामा एक सय ३८, (५ जना अमर/अशक्त प्रहरी परिवार), २३ महिला, ३६ आदिवासी/जनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। जसका लागि न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ।
कार्यालयले जनाए अनुसार असोज ३० गतेसम्म दरखास्त दिन सकिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द