काठमाडौँ । स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरवारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा नेपालले आफ्नो कार्ययोजना पेस गरेका छन् ।
१५ पृष्ठ लामो कार्ययोजनामा उनले आफ्नो सामान्य परिचयसहित संसदीय सुनुवाइबाट अनुमोदन भएमा राजदूतका रूपमा गर्ने कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका छन् ।
राजदूतका रूपमा राजनीतिक र कूटनीतिक सम्बन्ध विस्तार गर्ने, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिमा ध्यान दिने, व्यापार प्रवर्द्धन गर्ने, स्पेनमा रोजगारीका लागि पहल गर्नेलगायत उनको कार्ययोजनामा उल्लेख छ।
संसदीय सुनुवाइ समितिमा आएका १७ प्रस्तावित नाममध्ये शनिलको १४ औँ नम्बरमा संसदीय सुनुवाइ भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
प्रधानमन्त्री ओली मेड्रिटमा