काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि संसदमा प्रश्न उठेपछि रास्वपाले उठेका प्रश्नबारे छलफल गर्न सचिवालय बैठक बोलाएको बुझिएको छ । उपसभामुख रानाले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सत्तापक्षका सांसदहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा