काठमाडौँ । राष्ट्रिय सभामा सांसदहरूले बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद माया प्रसाद शर्माले यही भदौ २२ गते जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा पहिरो जाँदा मानबहादुर चलाउने र उनकी श्रीमती प्रेम कुमारी चलाउनेको निधन भएको र ११ वर्षकी छोरी सम्झना चलाउने घाइते भएको जानकारी गराए ।
जाजरकोट कै नलगाड ३ मा ११ वर्षे बालक महान थापा खोलामा बगेर निधन भएको जानकारी गराए । भूकम्प गएको एक वर्ष पुग्दा पनि जाजरकोटमा पुनर्निर्माण नभएकोमा ध्यानाकर्षण गराए ।
यस्तै सांसद कृष्णबहादुर रोकायले रुकुम पश्चिमको सिमानामा पर्ने मध्येपहाडी सडक अन्तर्गतको खोला तर्ने क्रममा मोटरसाइकल सहित निर्मला केसी थापा र सर्जन थापाको निधन भएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ भदौ २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक : मध्यपहाडी राजमार्गको काम चाँडो सम्पन्न गर्न सांसदको माग
राष्ट्रिय सभा बैठक: ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण