काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ ।
पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन् । ‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’
उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादव र प्रदेश प्रमुखबीच भेटवार्ता
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट
आधुनिक चिकित्सासँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ : उपराष्ट्रपति यादव
महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूत माओमिङको भेट
उपराष्ट्रपति यादव र युरोपेली संघकी राजदूतबीच द्विपक्षीय सहकार्यबारे छलफल