काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पेरिस पारा ओलम्पिकमामा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन् । सोमबार उपराष्ट्रपति कार्यालयमा पलेशालाई सम्मान गरिएको उपराष्ट्रपति यादवको सचिवालयले जानकारी दिएको छ ।
पलेशाले नेपालका लागि पहिलोपटक कांस्य पदक जितेकी हुन् । ‘पलेशाले देशको नाम उच्च राख्नु भएकोमा सम्पूर्ण नेपाली खुसी छौँ’ उपराष्ट्रपति यादवले भने, ‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ ।’
उपराष्ट्रपति यादवले पलेशाको यो ऐतिहासिक सफलता उनको अथक परिश्रम, दृढ संकल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
‘नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ’: उपराष्ट्रपति यादव
‘नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक’: उपराष्ट्रपति यादव
‘ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ’: उपराष्ट्रपति यादव