काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सोमबार काठमाडौँमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए । उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए । उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । उनले ठुलो मान्छे नभई असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए ।
उनले भने , ‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटि त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ ।’
कोइरालाले बिपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला
हामीले धर्म निरपेक्ष बनाएर गलत गर्यौँ : डा. शशांक कोइराला
सरकारका कामप्रति नागरिक सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि प्रश्न उठ्यो : शशांक कोइराला
समृद्ध र समुन्नत नेपालको चाहनालाई सार्थक बनाउनुपर्छ : शशांक कोइराला