काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले उपत्यकाका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनमा जानुपर्ने बताएका छन् । यदि पुनरावलोकनमा गएर फैसला नबदल्ने भए काठमाडौँमा जनता सडकमा उत्रने र धेरैको ज्यान जाने उनले बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले २०६५ साल मङ्सिर १ गतेको निर्णयमा सर्वोच्च अदालतको निर्णयले हजारौँको जनधन शून्यतामा परिणत हुने बताए । उनले संविधानले व्यक्तिको सम्पत्ति रक्षा गर्ने ग्यारेन्टी गरेको भन्दै भने– ‘यो निर्णय सरकारले सर्वोच्चमा पुनरावलोकन गरेन भने ठुलो सङ्ख्यामा काठमाडौँमा सुकुम्वासी पैदा हुन्छ । पुनरावेदन गरेर पुनरावलोकन गर्नुपर्छ ।’
उनले थपे‚ ‘नभए काठमाडौँका जनताले आन्दोलन गर्ने तयारी गरेका छन् । त्यसले जनताको ज्यान जाने स्थिति हुन्छ । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने