काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले उपत्यकाका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनमा जानुपर्ने बताएका छन् । यदि पुनरावलोकनमा गएर फैसला नबदल्ने भए काठमाडौँमा जनता सडकमा उत्रने र धेरैको ज्यान जाने उनले बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले २०६५ साल मङ्सिर १ गतेको निर्णयमा सर्वोच्च अदालतको निर्णयले हजारौँको जनधन शून्यतामा परिणत हुने बताए । उनले संविधानले व्यक्तिको सम्पत्ति रक्षा गर्ने ग्यारेन्टी गरेको भन्दै भने– ‘यो निर्णय सरकारले सर्वोच्चमा पुनरावलोकन गरेन भने ठुलो सङ्ख्यामा काठमाडौँमा सुकुम्वासी पैदा हुन्छ । पुनरावेदन गरेर पुनरावलोकन गर्नुपर्छ ।’
उनले थपे‚ ‘नभए काठमाडौँका जनताले आन्दोलन गर्ने तयारी गरेका छन् । त्यसले जनताको ज्यान जाने स्थिति हुन्छ । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेलाई लुम्बिनीमा झट्का, निर्वतमान सांसदले नै छोडे पार्टी
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’