काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारी सभ्यताभित्र रहेको साझापन रहेको बताएका छन् । उक्त साझापन आत्मनिर्भर अर्थतन्त्रको अभ्यास तथा समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने उनले बताए ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको १२ वर्षे मेलामा समापन मन्तव्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनले बताए ।
गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्द अनि सांस्कृतिक मौलिक पनलाई समाजवादी व्यवस्थाको भ्रूणका रूपमा रहेको उनले बताए ।
उनले यसले नेवाः सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्त्वपूर्ण योगदान दिइरहेको स्पष्ट पारे ।
मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड