हाइनान । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
यागीका कारण चीनको डिङ्गान काउन्टीमा दुई जनाको मृत्यु भएको छ भने वेन्चाङ सहरमा शनिबार १२ जना र हाइकोउ सहरमा ८० जना घाइते भएको प्रान्तीय प्रशासनले जानकारी गराएको छ ।आँधी र वर्षा कम भएपछि हाइनानमा वागीका कारण जारी गरिएको चेतावनी अन्त्य गरिएको छ भने प्रान्तभरी उद्धार कार्यहरू सुरु गरिएको छ ।
विद्युत्का कर्मचारीहरूलाई प्रभावित घरहरूमा बिजुली पुनस्र्थापना गर्न परिचालन गरिएको छ । वर्षा र आँधीका कारण अवरुद्ध ८९ वटा सडकमध्ये ५१ वटाको सडकको मर्मत सम्भार भइरहेको जनाइएको छ ।प्रवाभित क्षेत्रमा रेल सेवाहरू शनिबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिएको छ भने किओङझाउ प्रान्तमा आइतबार साँझमात्र सेवाहरू पुनः सुरु हुने अनुमान गरिएको छ ।
यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहनेछ भने सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलले शनिबारदेखि उडान सेवाहरू पुनः सुरु गर्ने जनाइएको छ ।
प्रान्तभरी १२ हजार ५०० भन्दा बढी सञ्चार स्टेसनहरू क्षतिग्रस्त भएको वेन्चाङ सहरले सञ्चार सुविधामा सबैभन्दा बढी क्षति बेहोरेको छ भने र पुनःस्थापनाका लागि कर्मचारीहरू खटिएका छन् ।
शुक्रबार पहिले चीनको हाइनानमा अवतरण गरेको यागीले त्यसपछि गुआङडोङ प्रान्तलाई प्रभावित पार्दै बिस्तारै भियतनामतर्फ मोडिएको छ । शनिबार भियतनामले तटीय क्षेत्रमा यागीबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट सावधानी अपनाउन चेतावनी जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा पुग्यो, अमेरिकाको चासो
राष्ट्रसङ्घको महासभामा चिनियाँ र रुसी विदेशमन्त्रीबीच भेटवार्ता, रुस–युक्रेन युद्धबारे छलफल
रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता
चीनले गर्यो दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध