नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुस्तापूर्वका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक श्रेष्ठको बसको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो।
बसले ठक्कर दिँदा अर्की एक महिला घाइते भएकी छन्। घाइते हुनेमा बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीया श्रीमाया मानन्धर छिन्।
उनलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ भदौ २०८१, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु