बर्दिया । बर्दियामा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका-६ स्थित डल्ला सामुदायिक वनमा गैँडाले आक्रमण गर्दा ‘नेचर गाइड’ ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।
त्यस्तै घटनामा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।
उनीहरूको अहिले भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो