झापा । झापामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
कनकाई नगरपालिका-५ चप्रामारीमा प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकलले बिहीबार साँझ ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक झापाकै झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु