काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।
विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, 'सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । यसका लागि हामीले सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु ।'
मन्त्री पाण्डेले भाषा सभ्यता, संस्कृति, भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताउदै संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए ।
साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशाेधन गर्दै अघि बढिरहेको प्रस्ट पारे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० भदौ २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको मौलिक पहिचान नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्छ : मन्त्री पाण्डे
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई रातो कार्पेट राखेर स्वागत गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे