काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सरकार गृह मन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र काँग्रेसबीच राम्रो वातावरण रहेको र कसैले पनि अफ्ठयारो पार्न नसक्ने बताएका थिए ।
‘अहिले समीकरणमा नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा अत्यन्त स्वहार्दपूर्ण, सरल र राम्रो वातावरण छ । कुनै खालको पनि कन्फ्युजन, कुनै खालको अफ्ठेरो, समस्या छैन । यसमा अफ्ठेरो समस्या पार्न खोजे पनि पार्न सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सन्किसकेको समेत उनले टिप्पणी गरेका थिए ।
मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।
उक्त विषयबारे गृहमन्त्री लेखकले भने, ‘उहाँले कुनै सन्दर्भमा त्यो भनेको हो । बाहिर जुन सन्दर्भमा आयो मैले त्यसरी भनेको होइन सामान्य विषयमा भनिएको हो भन्नु भएको छ । त्यो कुरा सकिसकेको छ ।’
मुलुकमा राजनीतिक स्थिरताको लागि काँग्रेस र एमाले एक ठाउँमा आउनु परेको समेत उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्न : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक सगरमाथा आधारशिविरमा : शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध
काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता