काठमाडौँ । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रूपमा शपथ लिएका छन् ।
गण्डकीमा ७ बाट बढाएर ९ मन्त्रालय बनाएपछि एमालेले ४ मन्त्रालय पाएको हो । सामाजिकबाट फुटाएर स्वास्थ्य बनाइएको हो भने एउटै मन्त्रालय रहेको उद्योग तथा पर्यटन र वन तथा वातावरणलाई दुई वटा बनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । ४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
नेपाल समाजवादी पार्टीका फणीन्द्रको मन्त्रालय यथावत राखिएको छ भने काँग्रेसबाट मुख्यमन्त्री पाण्डेसँगै आर्थिक मामिलामा डा। टकराज गुरुङ र समाजिक विकासमा विन्दुकुमार थापा छन् । केन्द्रमा काँग्रेस-एमाले समीकरण बनेको २ महिनापछि गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ
अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
गण्डकी प्रदेश सभा बैठक बस्दै
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स