काठमाडौँ । सरकारले इजरायलको राजदूतमा प्रस्तावित गरेका प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास युद्ध अन्त्य गर्न आफूले भूमिका खेल्ने बताएका छन् । उनले इजरायलाई युद्ध अन्त्य गर्न भनेर सुझाव दिने बताएका छन् ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्राध्यापक पण्डितले सबै मुलुक सँगै बस्नुपर्ने भावना इजरायल सरकारका प्रतिनिधिसमक्ष राख्ने बताए ।
‘त्यो लडाइँ भएको मुलुकमा हामी सँगै बस्नुपर्छ, तिमी स्वतन्त्र राष्ट्र छौँ भने प्यालेस्टिनीलाई पनि बाँच्न देउ र लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईँको प्रतिनिधि तयार हुनेछ, ‘संसदीय सुनुवाइ समितिमा पण्डितले भने, ‘यो संसार ईश्वरले व्याप्त छ, यसलाई मेरो मात्रै हो भन्ने नठानौँ, यो सबैको हो त्यसैले त्यागका साथ भोग गर्यौँ भने मलाई लाग्दैन यो समस्या धेरै रहन्छ ।’
इजरायलको राजदूतमा नियुक्त भएमा आफूले नेपाल सरकारको नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रको हितका पक्षमा काम गर्ने पण्डितको भनाइ थियो । उनले राष्ट्रको समुन्नतिको लागि काम गर्ने बताउँदै चाणक्य नीति र कृष्ण नीतिलाई अवलम्बन गरेर राजदूतको काम गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, १४ : १५
लेखकबाट थप