गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् ।कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १३ : २१
लेखकबाट थप