पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका २ बालबालिकाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, ०७ : २३
पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका २ बालबालिकाको मृत्यु

पाँचथर ।  पाँचथरमा ग्रिनेट विस्फोट हुँदा एकैघरका दुईजना बालबालिकाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

फालेलुङ गाउँपालिका वडा नम्बर- ५ डाँडागाउँमा बिहीबार दिउँसो ग्रिनेट विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिए। 

घाइतेमध्ये एकै घरका दुईजना बालिबालिकाको उपचारको क्रममा मृत्यु भएको छ। अर्को घरका दुईजना बालबालिका घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।

सोही ठाउँका दिलिप साँवाका २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिपशनको विस्फोटमा परेर मृत्यु भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको डीएपी भण्डारीले जानकारी दिए। 

घाइते बालबालिकालाई जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि थप उपचारको लागि राति बीएण्डसी अस्पताल लगिएको थियो। 

प्रतिक्रिया दिनुहोस