काठमाडौँ । नेकपा एमालेले आगामी १८-९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ । केन्द्रीय मुख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टीको आगामी कार्ययोजनाबारे छलफल गर्न पोलिटब्यूरो बैठक बलाउने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सचिवालयले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना बनाउने, पार्टी प्रवेश गरेकाहरुलार्ई तीन महिनाभित्र जिम्मेवारी दिने लगायत छन् ।
सचिवालय बैठकले आगामी २६ भदौमा तत्कालीन उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको प्रथम स्मृति सभा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी