काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् ।
आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।
महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् । झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् ।
एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात् भएको पदाधिकारी चयनमा पराजित भए पनि पोलिटब्युरोमा भने उनी विजयी भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री