मुस्ताङको बोक्सी खोलामा पुनः हिमपहिरो

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, २० : ५९
मुस्ताङको बोक्सी खोलामा पुनः हिमपहिरो

जोमसोम  ।  मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको  प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए।

थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले थासाङको बोक्सी खोला माथि पुनः हिमपहिरो गएको पुष्टि गरे। ‘हिमपहिरो गएको सूचना प्राप्त भएको छ, हिमपहिरो कति ठूलो हो वा पुरानै थुप्रिएको हिमपहिरो हो एकिन भइसकेको छैन,’ प्रजिअ पन्तले भने, ‘हामीले हिमपहिरोको सूचना पाएसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली हिमपहिरो खसेको स्थानमा पठाएका छौं। प्रजिअ पन्तले सुरक्षाकर्मी हिमपहिरो गएको स्थानमा पुगेपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने बताए।

थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले थासाङको बोक्सी खोला लेंक माथि फेरि नयाँ हिमपहिरो खसेको जानकारी दिए। प्रशासकीय अधिकृत अधिकारीले यसअघि भदौ गते दिउँसो खसेको हिमपहिरो साविक स्थानमा जमेर बसेको भएपनि अहिले साँझ खसेको नयाँ हिमपहिरो त्यसको निकै तलसम्म झरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस