काठमाडौँ । कानुन न्याय तथा मानव अधिकार समितिमा एमाले र जसपा सांसदहरूबिच भनाभन भएको छ । आज सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा जसपा सांसद प्रकाश अधिकारीले कानुन समितिले दिएको निर्देशन पालना नगर्ने भए कानुन समितिको के औचित्य छ भन्दै प्रश्न गरेका थिए ।
अधिकारी बोलेपछि बोलेका एमालेका मुख्य सचेतक महेश बर्तौला समितिमा बसेर समितिको औचित्य माथि प्रश्न उठाउन नमिल्ने बताए । 'प्रश्न उठाउनु छ भने समितिमा नआउन सकिन्छ, यसको औचित्यका बारेमा प्रश्न गर्ने कुरा स्वीकार हुँदैन । सरकारले गर्ने निर्णय उपयुक्त नलागे पनि समितिको बारेमा नराम्रो भन्न मिल्दैन'- उनले भने ।
त्यसपश्चात समय मागेर बोल्दै अधिकारीले आफूलाई समितिबाट निस्केर जा भन्ने अधिकार बर्तौलालाई नभएको बताए । उनले भने– 'सरकारको मुख्य सचेतकले जे बोल्नुभयो मेरो त्यसमा आपत्ति छ ।
कसैले कृपाले म यो समितिमा आएको होइन। संवैधानिक अधिकार प्रयोग गरेर आएको हो। उठेर जा भन्ने अधिकार कसैलाई छैन । बिचार राख्ने स्वतन्त्रता सबैलाई छ । यो आपत्तिजनक शब्द आपत्तिजनक छ आइन्दा यस्तो शब्द प्रयोग नगर्नुहोस् । '
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने
एमाले संसदीय दलको बैठक आज बस्दै
झाँकीसहित सुरू भयो एमालेको र्याली