बुटवल। राष्ट्रपति रामचन्द्र पौडेल रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न पाल्पा आइपुगेका छन् ।उनलाई मंगलबार बिहान पाल्पामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे।
पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार आएका राष्ट्रपति पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक बिदा समेत दिएको छ ।नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजयी प्राप्त गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन छ ।
विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिस साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरूप सो जात्रा निकालिँदै आइएको छ ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ ।कर्णेल उजीरसिंह थापाले विक्रम संवत् १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल