काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैंअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन्। मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन्।
बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उनले प्रतिबद्धता जनाए। मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ। उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।
विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उनले बताए। कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उनले सुनाए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन : कृषिमन्त्री अधिकारी
मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन : कृषिमन्त्री अधिकारी
अब सरकारी सबै सेवा मोबाइलमा उपलब्ध हुनुपर्छः कृषिमन्त्री अधिकारी
खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ: कृषिमन्त्री अधिकारी
रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्यो : कृषिमन्त्री अधिकारी
‘धान बालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको छ’: कृषिमन्त्री अधिकारी