काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कागजी प्रक्रियालाई अब हटाउँदै लैजानुपर्ने बताएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै अधिकारीले कागजी प्रक्रियाबाट भन्दा पनि जुनसुकै चिजहरु पनि मोबाइलका माध्यमबाट सेवाग्राहीले सेवा उपयोग गर्न पाउने वातावरण बनाउनुपर्ने बताएका हुन । उनकाअनुसार मुलुकभर रहेको सबै कार्यालयलहरुलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए ।
कृषिमन्त्री अधिकारीले विषादी राखेर उत्पादन गरेका वस्तुहरुलाई बजारमा नल्याउनका मात्रै नभई त्यसमा संलग्न नहुनका लागि जनचेतनाको जरुरी रहेको बताए। मान्छेले विषदी राखेर उत्पादन गर्ने र तत्कालै धेरै कमाउने इच्छा राखेकै कारण बजारमा विषदी राखेका वस्तुहरु बढेको उनले बताए । उनले जनैपूर्णिमा, तिज, दशैँ तिहारजस्ता चाडपर्व नजिक आइरहेकाले खाद्य वस्तुहरुको परिक्षणमा कडाईकासाथ लाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुलाई निर्देशन दिए । अहिले पनि खाद्य परिक्षणमा जनशक्तिको अभाव कायमै रहेको आफू जानकार रहेको बताउँदै अधिकारीले आगामी दिन जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताए ।
कृषिमन्त्री अधिकारीले भने , ‘२१ औं शताब्दीमा कागजी प्रक्रिया भन्दा पनि हामीले विशेष गरेर जुनसुकै चिजपनि मोबाइलको माध्यमबाट अघि बढ्ने समय आएको छ । सेवा चुस्त र दुरुस्त त्यसैबाट हुन्छ भन्ने हामीले यसबाट विश्वास गरेका छौं । अब मुलुकभर रहेका सबै कार्यालयहरुलाई यस्तै प्रणालीमार्फत जोड्दा राम्रो हुन्छ । सुविधा, छिटो छरितो पनि हुन्छ । यसका लागि कृषि मन्त्रालयबाट के काम गर्न सकिन्छ । त्यसका लागि मैले के गर्नुप¥यो, गर्न म तयार छु । तपाईहरु पनि अघि बढ्नोस् ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य स्वच्छताका सम्बन्धमा जनचेतना फैलाउन नसकिएको बताए । उनकाअनुसार भारत, चाइना, बंगलादेशले खाद्य सुरक्षामा व्यापक काम गरिरहेको छ र सुधार पनि हुँदै गइरहेको छ । खाद्य सुरक्षाका लागि धेरै नीतिगत सुधार भएको बताउँदै अब जनचेतनालाई समेत फैलाउँदै लगिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ: कृषिमन्त्री अधिकारी
रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्यो : कृषिमन्त्री अधिकारी
‘धान बालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको छ’: कृषिमन्त्री अधिकारी
किसानलाई बैंकले सहज रूपमा ऋण प्रवाह गर्नुपर्ने कृषिमन्त्री अधिकारीको जोड
‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’ : कृषिमन्त्री अधिकारी
कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छ : कृषिमन्त्री अधिकारी