काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका हुन् ।
तर, हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको उनले तर्क गरे । हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ,’ उनले भने ।
मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्छ र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ ।’
उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए । ‘आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘आजको हाम्रो पूँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट दश दिनमा मल आइपुग्छ, हाहाकार हुँदैन : कृषिमन्त्री अधिकारी
मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन : कृषिमन्त्री अधिकारी
अब सरकारी सबै सेवा मोबाइलमा उपलब्ध हुनुपर्छः कृषिमन्त्री अधिकारी
खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध छ: कृषिमन्त्री अधिकारी
‘धान बालीको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिकता दिएको छ’: कृषिमन्त्री अधिकारी
किसानलाई बैंकले सहज रूपमा ऋण प्रवाह गर्नुपर्ने कृषिमन्त्री अधिकारीको जोड