मध्यपहाडी लोकमार्गमा पहिरोः मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, ११ : ०२
मध्यपहाडी लोकमार्गमा पहिरोः मङ्गलसेन–ठाटीखाँद सडकखण्ड अवरुद्ध

अछाम। मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत अछामकाे मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।शनिवार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो ।

उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ ।अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस