काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले १६ जना पक्राउ गर्न सफल भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) १ किलो ३ सय ग्राम र घरेलु मदिरा करिब १ सय ५० लिटर सहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागु औषध र घरेलु मदिरा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
बझाङ, बित्थडचिर गाउँपालिका-३ दुधढल्लाबाट अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ४५ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुंगल नगरपालिका-२ दहबगर पौटा बस्ने २९ वर्षीय दीपक धामी र ४५ वर्षीय आइते धामी रहेका छन् ।
प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले बागथलाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ च ३९३३ नम्बरको जिपलाई जाँच गर्ने क्रममा जिपको पछाडि राखेको मकैको कट्टाभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी जिपका चालक दीपक र जिपमा सवार आइतेलाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-२ गडौली पन्थ डाँडाबाट अवैध लागु औषध गाँजा ५ किलो ३ सय ९० ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन लामा, २६ वर्षीय गोविन्द प्रजा र २६ वर्षीय सफल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बुद्धशान्ति गाउँपालिका-४ सृजना बस्ती बस्ने इलाम सूर्योदय नगरपालिका-८ घर भएका २१ वर्षीय पञ्चसिङ तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटिसफारीमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित लम्किचुहा नगरपालिका-१० घर भएका २४ वर्षीय मनराज सुनारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी नगरपालिका-१ सुनाखरी टोल बस्ने २५ वर्षीय राजेश मादेन समेत ५ जनालाई अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बैतडी, डिलासैनी गाउँपालिका-२ गन्नाबाट अवैध लागु औषध चेरश ७ सय ५० ग्राम सहित दार्चुला अपिहिमाल गाउँपालिका-५ बस्ने ४६ वर्षीय दान सिह धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
लागू औषधसहित पाँच जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ