वीरगन्ज । बारा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा महागढी नगरपालिका–१ बरियापुरबाट १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, विनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताकखान पैठानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जना महागढी नगरपालिका १ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ