वीरगन्ज । बारा प्रहरीले जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिएको छ । जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा महागढी नगरपालिका–१ बरियापुरबाट १३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले बरियापुरस्थित मोतीलाल प्रसादको घरमा छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
जुवातास खेलिरहेको अवस्थामा मनोज प्रसाद कुशवाहा, विनोद प्रसाद, मोतिलाल प्रसाद, जतिकर हुसेन, मोतिलाल कुशवाहा, राजु कुशवाहा, अच्छेलाल महतो, कस्तुरी साह, राजकिशोर प्रसाद कुशवाहा, जितेन्द्र तिवारी, सुकदेव यादव र मुस्ताकखान पैठानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जना महागढी नगरपालिका १ का बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट १ लाख ७१ हजार २ सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ