भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारिन् ।
आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले भनिन्, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।”
विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको उल्लेख गर्दै उनले भनिन्, “गुण्डागर्दी र अपराधिकरण चरित्र हो । त्यस्ता प्रवृत्तिविरुद्ध सुरक्षा माग गरिएको हो । यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुनु हुँदैन ।”
मन्त्री भट्टराई नवलपुरमा हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन