काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।
समिति संयोजक सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबार (७ भदौ) मा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।
समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने
रिहा पछि आज चितवनबासीलाइ ‘विशेष सम्बोधन’ गर्दै रवि लामिछाने
रवि लामिछाने भैरहवाबाट रिहा
रवि लामिछाने अदालत उपस्थित