काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको खप्तड लसके खानेपानी योजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको छ।
पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकी, सव-इन्जिनियर ललनकुमार मण्डल, खप्तड क्षेत्र पर्यटन विकास समितिका सव-इन्जिनियर दीपेश महतारा, मानबहादुर रावत, वीरबहादुर बुढा र ज्ञानबहादुर शाही प्रतिवादी रहेको मुद्दामा विशेषको फैसलाविरुद्ध आयोग सोमबार सर्वोच्च पुगेको हो ।
उनीहरूले बाजुराको उक्त खानेपानी योजना निर्माण गर्दा झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारेको आयोगको दाबी छ ।
निर्धारित सर्त र मापदण्डविपरीत भएको निर्माण कार्यलाई स्वीकृत गरेर १ लाख ५६ हजार ५५३ रुपैयाँ बढी भुक्तानी गरेको पाइएकाले विशेषको फैसला त्रुटि पूर्ण रहेको आयोगको दाबी छ । प्रतिवादीहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको दाबीसहित आयोगले हदैसम्मको कारबाहीको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर