काठमाडौं। इरानमा पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इरानको याजद शहरमा मंगलबार राति ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ । पाकिस्तानको डन अखबारका अनुसार दुर्घटना हुँदा बसमा ५३ जना यात्रु थिए ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले दुर्घटनापछि परराष्ट्र मन्त्रालयलाई शव फिर्ता ल्याउन र घाइतेहरूलाई समयमै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।
इरानमा हरेक वर्ष २० हजार मानिस दुर्घटनामा मर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया
इरानद्वारा स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गर्ने घोषणा
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण