काठमाडौं। इरानमा पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार इरानको याजद शहरमा मंगलबार राति ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ । पाकिस्तानको डन अखबारका अनुसार दुर्घटना हुँदा बसमा ५३ जना यात्रु थिए ।
पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले दुर्घटनापछि परराष्ट्र मन्त्रालयलाई शव फिर्ता ल्याउन र घाइतेहरूलाई समयमै सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।
इरानमा हरेक वर्ष २० हजार मानिस दुर्घटनामा मर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु