काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
गृहमन्त्रीले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै उनले अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गरेका हुन्। केही विषय पहिचान भएका छन्, दफावार रूपमा पहिचान भएका बुँदामा समितिले छलफल गर्न पर्छ, उनले भने ।
विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी भएको उनको तर्क थियो । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : ५४
लेखकबाट थप