काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् ।
केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् ।
मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको बताएकी छन् ।
उनले लेखेकी छन्- 'त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरु लाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्री सङ्ग जोडदार माग गर्दछु ।'
आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो ।
त्यसपछि उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले गरे यी ५ निर्णय : क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने
शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन