टोकियो । सप्ताहान्तमा जापानको एउटा विमानस्थलमा ३६ वटा उडान रद्द गरियो । अरू २०१ वटा उडानमा ढिलाइ भयो । विमानस्थलको बोर्डिङ गेट नजिकै रहेको एउटा पसलबाट एक थान कैँची हराएपछि शनिबार होक्काइदोको न्यू चितोस विमानस्थलको घरेलु टर्मिनलमा करिब २ घन्टा सुरक्षा जाँच बन्द गरियो ।
यसो गर्दा सयौँ यात्रीहरू अलपत्र परे । दोहोर्याएर सुरक्षा जाँच गर्नु परेपछि प्रस्थान कक्षमा यात्रीको ताँती लागेको थियो । अधिकारीहरू पसलबाट हराएको कैँची खोज्ने प्रयासमा व्यस्त थिए । तर कतै पनि कैँची भेटिएन । केही घण्टापछि सेवा सुचारु गरियो ।
भोलिपल्ट सोही पसलमा उक्त कैँची भेटिएको उक्त विमानस्थल सञ्चालक कम्पनी होक्काइलो एयरपोर्टले सोमबार बताएको थियो । पसलमा काम गर्ने एक कामदारले सो कैँची फेला पारेको बताइएको छ ।
भेटिएको कैँची हराएको भनेर खोजिएकै हो भन्ने पुष्टि नहुँदासम्म यसको सूचना जारी नगरिएको अधिकारीहरूले बताएका थिए । यातायात मन्त्रालयले यो घटनाको कारणबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन होक्काइदो एयरपोर्टलाई निर्देशन दिएको छ ।
न्यू चितोस जापानको सबैभन्दा व्यस्त विमानस्थल हो । सन् २०२२ मा यहाँबाट डेढ करोडभन्दा धेरैले हवाई यात्रा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन