दुवई । अभिनेता पल शाह र गायक प्रताप दासले दुवईमा दर्शक नचाएका छन् । बर दुवईस्थित क्लव एसके सेभेनमा आयोजित कार्यक्रममा अभिनेता पल शाहले आफ्नो डान्स तथा गायक दासले बिभिन्न गीतसंगतिबाट दर्शक नचाएका हुन् ।
सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाई इन्टरटेन्मेन्टले आयोजना गरेको सिएनए इन्टरनेशनल अनर अवार्ड कार्यक्रममा अभिनेता पल र गायक प्रतापलाई अगाडि पाउदा दर्शक निकै खुसी देखिन्थे ।
पल र प्रतापको अलवा गायिका रेखा शाह, लोक गायक सुवास खत्री, कलाकार रितेष पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म डेसानका निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसी लगायत करिब डेढ दर्जन कलाकार्मी सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा