काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो ग्लोबल साउथ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।शनिबार सम्मेलनलाई सम्बोधन गर्दै विश्वका १५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूसँग मिलेर समावेशी भविष्य निर्माणको आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भारतीय समकक्षी नरेन्द्र मोदीको प्रयासको उच्च प्रशंसा गर्दै ग्लोबल साउथको आवाजलाई सुदृढ गर्न मोदीको प्रयासका लागि आभार व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेका छन्, 'ग्लोबल साउथको आवाजलाई एकताबद्ध गरेर हामी सबैको हितमा भविष्य निर्माण गर्न सक्छौं ।'
तेस्रो ग्लोबल साउथ शिखर सम्मेलनमा सहभागी राष्ट्राध्यक्षहरूले विश्वव्यापी मुद्दाहरूमा विचार-विमर्श गर्दै ग्लोबल साउथ राष्ट्रहरूको सशक्तीकरण र सँगै अघि बढ्ने उद्देश्यलाई प्राथमिकता दिएका छन् ।
यस शिखर सम्मेलनले विकासशील देशहरूको आवाजलाई एकै ठाउँमा ल्याएर उनीहरूका आवश्यकता र चाहनालाई विश्वव्यापी मञ्चमा उजागर गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री