काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।
विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो ।
केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छ', महानगरले एक सूचनामार्फत भनेको छ ।
यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत महानगरले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ भदौ २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन