काठमाडौं। गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समिति बौद्धले यही भदौ ५ गते गाईजात्रा तथा रोपाइँजात्राको आयोजना गर्ने भएको छ ।रोपाइँजात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले उक्त जात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।
समितिले आज पत्रकार सम्मेलन गरी नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको र विविधताभित्रको सांस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइँजात्रालाई जीवित राख्ने उद्देश्यले यस वर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दिएको हो ।
जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्ग्य तथा सांस्कृतिक कार्यक्रम, र रोपाइँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले बताए ।
जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य—ब्यङ्गय, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हली र घाडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १६ : ४०
लेखकबाट थप