काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् । नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् ।
सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् । उनले नेपाल–अष्ट्रेलिया सम्बन्ध पछिल्लो समय झनै बलियो बनेको दाबी गरेकी छिन् । दुई देशबीच जनस्तरमा पनि सम्बन्ध सुमधुर भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप