काठमाडौं। भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो।
‘उनले मृतकलाई आफ्नी बहिनी भनेर विवरण टिपाएका थिए, तर त्यो होइन रहेछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले भने, ‘उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्।
उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने पनि खुलेको छैन। ‘उनी आफैँ पनि कन्फ्युज भएका हुन सक्छन्,’ कार्कीले भने, ‘अथवा उनको मानसिक अवस्था नै त्यस्तो भएको हुन सक्छ। सबै विषय अनुसन्धान पछि मात्रै खुल्ला।
उनले यसअघि पनि पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ११ : २४
लेखकबाट थप