काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल आइपुगेका छन्। काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेको जानकारी दिएको छ ।
नेपाल बसाइका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट्ने दूतावासले जनाएको छ।
उनलाई अमेरिकी राजदूत डिन थम्पसनले स्वागत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट
परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट