काठमाडौं। सन्तान प्राप्तिको सपना बोकेका धेरै जोडीहरूका लागि आईभीएफ (इन-भिट्रो फर्टिलाइजेसन) उपचार एक महत्वपूर्ण समाधान हो ।नेपालमा आईभीएफ उपचारलाई नयाँ उचाइमा पुर्याउँदै आएको प्रमुख केन्द्र वात्सल्य नेचुरल आईभीएफले अत्याधुनिक प्रविधि प्रयोग गरेर निसन्तान दम्पतीका लागि गर्भाधारण प्रक्रियालाई सहज बनाएको छ।
आफ्नो अत्याधुनिक प्रविधि र विज्ञानमा आधारित विधिहरू मार्फत सन्तान प्राप्तिको प्रक्रिया सफल र सुरक्षित बनाउन मद्दत पुर्याएको क्लिनिकको दाबी छ ।के हुन् त वात्सल्य नेचुरल आईभीएफले प्रयोग गर्ने प्रविधि र तिनको प्रभावकारीता ?
अत्याधुनिक टाइम-ल्याप्स इम्ब्रियो कल्चर प्रणाली
वात्सल्य नेचुरल आईभीएफमा प्रयोग हुने टाइम-ल्याप्स इम्ब्रियो कल्चर प्रणाली एक अत्याधुनिक प्रविधि हो जसले भ्रूण विकासको प्रत्येक चरणलाई उच्च रिजोल्युसनमा निरन्तर अनुगमन गर्न सक्षम बनाउँछ ।यो प्रविधिले भ्रूणको गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गर्छ, जसले गर्दा विशेषज्ञहरूले सबैभन्दा उपयुक्त भ्रूणको छनोट गर्न सक्छन् ।
यसले सफलता दरमा सुधार ल्याउने र असफलताको सम्भावना घटाउने काम गर्दछ । टाइम-ल्याप्स प्रविधिले भ्रूणलाई बारम्बार बाहिर निकाल्नुपर्ने झन्झटबाट पनि मुक्ति दिन्छ, जसले भ्रूणलाई प्राकृतिक परिवेशमा बढ्न सहयोग पुर्याउँछ ।
प्री-इम्प्लान्टेशन जेनेटिक स्क्रिनिङ (पीजीएस)
गर्भधारणमा सफलता प्राप्त गर्न स्वस्थ भ्रूणको चयन महत्त्वपूर्ण हुन्छ । वात्सल्य नेचुरल आईभीएफले यसलाई सुनिश्चित गर्न प्री-इम्प्लान्टेशन जेनेटिक स्क्रिनिङ (पीजीएस) प्रविधिको प्रयोग गर्छ ।
पीजीएसले भ्रूणमा रहेका जेनेटिक असमानता र गुणस्तरको समस्या पहिचान गर्न मद्दत गर्छ । यस प्रविधिको प्रयोगले गुणस्तरीय भ्रूणलाई छनोट गरेर गर्भधारणको सम्भावना बढाउँछ र गर्भपातको जोखिमलाई न्यूनिकरण गर्छ ।
इन्ट्रासाइटोप्लास्मिक स्पर्म इन्जेक्शन (आईसीएसआई)
वात्सल्य नेचुरल आईभीएफमा पुरुषको प्रजनन समस्यालाई समाधान गर्न इन्ट्रासाइटोप्लास्मिक स्पर्म इन्जेक्शन (आईसीएसआई) प्रविधिको प्रयोग गरिन्छ ।यस प्रविधिमा एक मात्र स्वस्थ शुक्राणुलाई सिधै डिम्बमा प्रविष्ट गरिन्छ, जसले निषेचनको सम्भावना उच्च बनाउँछ ।
आईसीएसआई प्रविधि विशेषगरी शुक्राणु गणना कम भएका वा कमजोर गतिशीलता भएका पुरुषहरूको लागि प्रभावकारी सिद्ध भएको वात्सल्यको दाबी छ ।
भ्रूण र अण्डकोषको फ्रिजिङ प्रविधि
वात्सल्यले भ्रूण र अण्डकोषको फ्रिजिङ प्रविधिको प्रयोग गरेर भविष्यमा सन्तान प्राप्तिको सम्भावना सुरक्षित गर्न मद्दत पुर्याउँछ ।
यस प्रविधिले गर्भधारणको कुनै पनि चरणमा स्वस्थ भ्रूणको संरक्षण गर्न सकिन्छ, जसलाई पछि उपयोग गर्न सकिन्छ । भ्रूणको फ्रिजिङ प्रविधिले आईभीएफ प्रक्रियालाई लचिलो र सरल बनाउँछ ।
एआई-सहायता प्रविधि
वात्सल्य नेचुरल आईभीएफले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको प्रयोग गर्दै भ्रूणको विकासलाई विश्लेषण र अनुगमन गर्दछ ।एआईले ठूलो मात्रामा डाटाको विश्लेषण गरेर विशेषज्ञहरूलाई सटीक निर्णय लिन मद्दत पुर्याउँछ । यो प्रविधिको प्रयोगले गर्भधारणको सफलता दरलाई थप सुधार गर्न मद्दत गरिरहेको वात्सल्यका चिकित्सकहरूको दाबी छ ।
समग्रमा वात्सल्यले अत्याधुनिक प्रविधिको प्रयोगबाट सन्तान प्राप्तिको यात्रालाई सरल, सुरक्षित, र सफल बनाउन एक नयाँ आयाम थपेको छ ।यी प्रविधिहरूको प्रभावकारी प्रयोगले क्लिनिकलाई आईभीएफको क्षेत्रमा नेपालमा एक अग्रणी स्थानमा पुर्याएको छ ।
सन्तान प्राप्तिको सपना देखेका जो कोहीलाई पनि वात्सल्यले दुखी नतुल्याउने क्लिनिकको भनाइ छ ।पछिल्लो ८ वर्षमा करिब ३५ सय जोडीलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १३ : ३७
लेखकबाट थप