काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
'प्रतिनिधि सभाको आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा सम्बोधन हुने व्यहोरा अवगत गराउँदछु,' उनले लेखेका छन् ।
दिउँसो १ बजे बस्ने संसद् बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली