काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा सात बुँदे सुझाव दिएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रचलित कानुन अनुसार तोकिएको समय भित्र आर्थिक वर्ष २०७९–०८० को सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीको विवरण सहितको राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ आयोगको बैठकमा पेस भएपछि आयोगको निर्णय अनुसार ७ बुँदे सुझाव दिइएको छ ।
आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नीतिगत व्यवस्था गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
तोकिएको समयभित्र आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी, कर्मचारीलाई सङ्घीय राजस्व खाता शीर्षक नम्बर १४३१२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोड नम्बर २०६००३५०१ खुलाइ सरकारी कारोबार गर्ने बैङ्कमा जनही पाँच हजार रुपियाँ दाखिला गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार गरियो : अख्तियार
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
इन्जिनियरविरुद्ध साढे ३ करोडको भ्रष्ट्राचार मुद्दा दायर
पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर