जापानका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा राजीनामा दिने घोषणा

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, ११ : ०७
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा राजीनामा दिने घोषणा

काठमाडौं। जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेताका रूपमा पुनः निर्वाचन नलड्ने घोषणा गरेका छन् ।​फुमियो किशिदाले निर्णयको बारेमा भनेका छन्, 'पार्टीलाई नयाँ शुरूआत चाहिन्छ ।

६७ वर्षीया किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ । जापानमा किशिदाको समर्थन पनि घट्दै गएको छ ।

यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ ।​ किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्ने हो कि होइन भन्ने शंका छ ।

निर्वाचन विश्लेषकहरूले जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टी आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस