दाङ । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ ।
गए राति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।
साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीय आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु