काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दुई साता लामो प्रशिक्षणको अवसर पाएको छ।
यो अवसरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्रिकेट नियमक बीसीसीआईलाई धन्यवाद दिएको छ।
नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। जसका लागि क्यानले बीसीसीआई र बीबीसीआईका सचिव जय शाहलाई धन्यवाद दिएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारी गर्न सोमबार मात्र भारत गएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित